Kathmandu Press

पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो। बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ।
पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

काठमाडौं, चैत २० : मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ। 

बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो। बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो। राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो। त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो। 

नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ। 

Photo-(7)-(3)-1743588456.jpeg
 
प्रकाशित मिति: १५:५४ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्