Kathmandu Press

राजावादीको प्रदर्शनबारे जवाफ माग्न राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

बुधबार बसेको समितिको बैठकले गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका सम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई चैत २२ गतेलाई समितिमा बोलाएको सभापति रामहरि खतिवाडाले बताए। 
राजावादीको प्रदर्शनबारे जवाफ माग्न राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

काठमाडौं, चैत २० : राजावादीको प्रदर्शन बारे जवाफ माग्न राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीलाई बोलाएको छ। 

बुधबार बसेको समितिको बैठकले गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका सम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई चैत २२ गतेलाई समितिमा बोलाएको सभापति रामहरि खतिवाडाले बताए। 

राजावादीले चैत १५ मा तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रमा गरेको ढुंगामुढा, आगजनी, लुटपाटलगायतका घटनाबारे गृहमन्त्री रमेश लेखकलाई समितिमा बोलाउनुपर्ने माग सदस्यहरूले गरेका थिए। 

सोही अनुसार गृहमन्त्री लेखकलाई बोलाउने निर्णय भएको हो। 

बैठकमा तीनकुने घटनाका सत्यतथ्य छानविन गर्न पनि माग गरिएको छ। 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्