Kathmandu Press

राष्ट्रपति पौडेलले गरे संसदको दुवै सदनको अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलले गरे संसदको दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं, चैत १९ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: २०:५० बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्