प्रधानन्यायाधीश राउतले गरे सर्लाही अदालतमा आकस्मिक छड्के
राउत सर्वसाधारणको भेषमा अदालत पुगेका हुन् । छड्के गर्नेक्रममा प्रधानन्यायाधीश राउतसँग सेवाग्राहीले आफ्नो काम समयमा नभएको गुनासो गरेका थिए। फैसला कार्यान्वयन नभएको बिषयमा गुनासा राखेका थिए।
सर्लाही, चैत १९ : प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले मंगलबार सर्लाही जिल्ला अदालतमा आकस्मिक छड्के गरेका छन्। प्रधानन्यायाधीश राउत अकस्मात् अदालत पुगेका हुन्।
उनले अदालत परिसरमा सेवाग्राहीसँग अनौपचारिक कुराकानी गर्दै समस्या सोधेका थिए। साथै, कर्मचारीले दुःख दिए नदिएको, बिचौलियाले प्रलोभनमा पारेनपारेको बिषयमा पनि जिज्ञासा राखेका थिए।
राउत सर्वसाधारणको भेषमा अदालत पुगेका हुन् । छड्के गर्नेक्रममा प्रधानन्यायाधीश राउतसँग सेवाग्राहीले आफ्नो काम समयमा नभएको गुनासो गरेका थिए। फैसला कार्यान्वयन नभएको बिषयमा गुनासा राखेका थिए।
प्रधानन्यायाधीश राउतले छड्के गर्नेक्रममा विभिन्न सेवाग्राहीसँग प्रत्यक्ष कुराकानी गरेका थिए । पहिल्यै खबर पाएपछि अदालतको संयन्त्र सक्रिय भई ठोस् कुराको जानकारी नहुने भन्दै उनी खबर नगरी अदालत पुगेका थिए।
सेवाग्राहीलाई भेटेपछि उनले अदालतका कर्मचारी र न्यायाधीशलाई भेटेका थिए । उनी त्यहाँ करिब डेढ घण्टा बसेर फर्किएका थिए।
जनकपुरमा बुधबार हुने ‘न्यायिक सुशासन र दैनिक काम कारबाहीमा देखापरेका समस्या’ विषयक अन्तक्र्रियामा सहभागी हुन गएका बेला प्रधानन्यायाधीश राउतले अदालतको छड्के गरेका हुन ।