कुलमान र हितेन्द्रदेवको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा भएको सुनुवाइपछि ‘हेर्दाहेर्दै’ राखएको हो। बहश नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ।
काठमाडौं, चैत १९ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा भएको सुनुवाइपछि ‘हेर्दाहेर्दै’ राखएको हो। बहश नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तय भए पनि ‘हेर्न नमल्ने’ भएपछि सरेको थियो।
घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले गैरकानुनी रुपले हटाएको भन्दै पदबहालीको माग गरेकाछन्।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने तत्कालिन सकारले आफुलाई गरेको नियुक्ति अवधि बाँकी छँदै घिसिङलाई नियुक्त गर्नु गैरकानुनी रहेको दाबीसहित अर्को रिट दिएका छन्।
शक्यले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नभई घिसिङले पछि दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने दाबी लिएका छन्।