Kathmandu Press

बोहराको पार्थिव शरीर भैरहवा लगिँदै, बुधबार पशुपतिमा अन्त्येष्टि गरिने

‘उहाँको पार्थिव शरीरलाई अहिले उहाँको गृहनगर भैरहवा लगिनेछ र आजै साँझ काठमाण्डौं ल्याइनेछ। उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ,’ उनले भने।
बोहराको पार्थिव शरीर भैरहवा लगिँदै, बुधबार पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडौं, चैत १९ : प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय वोहराको पार्थिव शरीरलाई अहिले लगिँदै छ। शव आजै साँझ काठमाडौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।

‘उहाँको पार्थिव शरीरलाई अहिले उहाँको गृहनगर भैरहवा लगिनेछ र आजै साँझ काठमाण्डौं ल्याइनेछ। उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ,’ उनले भने।

उनको अनुसार बोहरा पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । 
 
प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्