Kathmandu Press

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले रिटमा सर्वोच्चमा एकसाथ सुनुवाई सुरु

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विवादमा परेका दुबै दुबै रिटमाथि न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई चलिरहेको छ।
कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले रिटमा सर्वोच्चमा एकसाथ सुनुवाई सुरु

काठमाडौं, चैत १९ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमा एकसाथ सुनुवाइ सुनुवाई शुरु भएको छ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विवादमा परेका दुबै दुबै रिटमाथि न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई चलिरहेको छ।

आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तय भए पनि ‘हेर्ननमल्ने’ भएपछि सरेको थियो।

घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले गैरकानुनी रुपले हटाएको भन्दै पदबहालीको माग गरेकाछन्।

यता, नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने तत्कालिन सकारले आफुलाई गरेको नियुक्ति अवधि बाँकी छँदै घिसिङलाई नियुक्त गर्नु गैरकानुनी रहेको दाबीसहित अर्को रिट दिएका छन्।

शक्यले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नभई घिसिङले पछि दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने दाबी लिएका छन्। अहिले रिट निवेदक कुलमानको तर्फबाट इजलासमा सुनुवाई भइरहेको छ।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्