Kathmandu Press

सिंहलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी 

राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रमका आधारमा प्रधानमन्त्रीको अनुपस्थितिमा कामु प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई तोकेका हुन्। 
सिंहलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी 

काठमाडौं, चैत १९ : कामयमुकायम प्रधानमन्त्री जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेपछि कामू प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रमका आधारमा प्रधानमन्त्रीको अनुपस्थितिमा कामु प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई तोकेका हुन्। 

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मा सहभागी हुन मङ्गबलार त्यसतर्फ प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।


 

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्