Kathmandu Press

तीनकुने घटनामा थप १८ जना पक्राउ 

यसअघि तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान चलिरहेको छ। 
तीनकुने घटनामा थप १८ जना पक्राउ 

काठमाडौं, चैत १९ : राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा थप १८ जना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति दुर्गा प्रसाईं निकट हुन्। 

यसअघि तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान चलिरहेको छ। 

पक्राउ परेकाविरुद्ध आगजनी, हिंसा, लुटपाट र तोडफोडको आरोप लगाइएको छ। 


 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्