Kathmandu Press

दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित

मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। 
दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, चैत १९ : प्रतिनिधिसभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। 

मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। 

Hardik ivf

उनको आज चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभा सदस्य, आठ पटक नेपाल सरकारको मन्त्री रहनु भएका नेपाली राजनीतिको एक महत्वपूर्ण व्यक्तित्व दिपक बोहराको ७४ वर्षको उमेरमा आजै २०८१ साल चैत्र १९ गते काठमाडौं स्थित ओम हस्पतालमा निधन भएकोमा प्रतिनिधि सभाको यो बैठकमा उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली प्रकट गर्दछ,’ शोक प्रस्तावमा उल्लेख  छ। 

बोहराको लागि सदनमा एक मिनेट मौन धारण पनि गरिएको थियो भने शोक प्रस्ताव पारित पछि बैठक पनि समापन भएको छ। 
 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, चैत १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्