Kathmandu Press

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम  आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।
संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं, चैत १९ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज(मंगलबार) राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन्।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको हो। 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम  आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्