Kathmandu Press

सांसद निलम्बन फुकुवा गर्न सभामुखसँग रविको आग्रह

मंगलबार बिहान सभामुख घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन्।
सांसद निलम्बन फुकुवा गर्न सभामुखसँग रविको आग्रह

काठमाडौं, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्। 

मंगलबार बिहान सभामुख घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन्। रविसँगै प्रमुख सचेतक सन्तोस परियार, सचेतक निशा डाँगी, उपसभापति बिपी अर्याल पनि सभामुखलाई भेट्न गएका थिए।

यसअिघ उनले सोमबार पनि सभामुखसँग भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए।

गत कात्तिक २ गते सहकारीको रकम अपचनल प्रकरणमा पक्राउ परेका लामिछानेलाई पुस ८ गते सांसदबाट निलम्बन गरिएको थियो । 

उनीविरुद्ध सहकारी ठगीसागै, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा काठमाडौं, पोखरासहित विभिन्न स्थानमा मुद्दा दर्ता भएको छ। 

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्