Kathmandu Press

राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो।
राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं, चैत १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सांसद दीपक बोहराको निधन भएको छ ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो।

उनी गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए। 

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए। विरामी अवस्थामै उनले चुनाव जिचेका थिए।

उनी कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका थिए। त्यसपछि उनको स्वरमा परितर्वत भएको थियो। पोष्ट कोभिडका कारणले उनमा घाँटीको क्यान्सर भएको थियो।

उनको भारतको नयाँ दिल्ली र अमेरिकाको न्यूयोर्कमा उपचार गरिएको थियो। पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए।
 

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्