Kathmandu Press

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

काठमाडौं, चैत १८ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जितेको छ।

नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी भएका हुन्।

त्रिवि केन्द्रीय क्याम्पसमा विद्युतीय भोटिङ मेसिनमा सोमबार मतदान भएको थियो।  

नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए।

त्यस्तै नेकपा (माओवादी) निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत ल्याएका हुन्।

मतदानमा कुल ३११८ मत खसेको थियो।

प्रकाशित मिति: २०:३२ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्