Kathmandu Press

तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

राज्यविरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको हो।
तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

काठमाडौं, चैत १८ : चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूकाे प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो।

यसअघि प्रहरीले सोही प्रकरणमा राप्रपा नेताद्वय रविन्द्र मिश्र, धवल शमशेर राणा, धर्मगुरु पुस्कर खतिवडा लगायतलाई पक्राउ गरेको छ। सो आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं भने फरार छन्। 
 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्