कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन [तस्बिरहरू]
राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन्।![कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(20)-(8)-1743419660.jpg)
काठमाडौं, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन्।
झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगाएत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन्।
शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए।
-(10)-1743419765.jpg)
-(8)-1743419660.jpg)
-(27)-1743419705.jpg)
-(14)-1743419653.jpg)
-(9)-1743419659.jpg)
-(17)-1743419673.jpg)
-(21)-1743419673.jpg)
-(22)-1743419653.jpg)
प्रकाशित मिति: १७:०० बजे, सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












