Kathmandu Press

संवैधानिक परिषद् विधेयक सर्वसम्मतीले प्रतिनिधिसभाबाट पारित

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले संवैधानिक परिषद विधेयक सर्वसम्मतिमा पारित गरेको हो।
संवैधानिक परिषद् विधेयक सर्वसम्मतीले प्रतिनिधिसभाबाट पारित

काठमाडौं, चैत १८ : संवैधानिक परिषद् विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले संवैधानिक परिषद विधेयक सर्वसम्मतिमा पारित गरेको हो। उक्त विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्याएका थिए। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक १७ जेठ २०८१ मा पठाएको थियो। 

सभाले सर्वसम्मतिले पारित गरेपछि कार्यान्वयनमा जाने बाटोखुलेको छ।

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्