Kathmandu Press

संचारमन्त्री गुरुङले राष्ट्रिय सभामा मागे माफी 

मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो।
संचारमन्त्री गुरुङले राष्ट्रिय सभामा मागे माफी 

काठमाडौं, चैत १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माफी मागेका छन्। मन्त्री गुरुङले राष्ट्रिय सभाको बैठकमा बोल्दै माफी मागेका हुन्।

‘अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा पाउँ’ भन्दै उनले आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता समेतव्यक्त गरेका छन्। 

मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो।

‘विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्बहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो । तपाईंहरू सबैले बोल्दा। मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु,’ उनले भने।

उनले आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र ‘एग्रेसिप लजिक’ मा विश्वास गर्ने शैली आफ्नो रहेको पनि बताए। उनले सभामा कुनै मानजियको अपमान गर्ने ढंगले नबोलेको पनि बताए। 

‘मेरो मनमा एक प्रतिशत पनि छैन,’ उनले भने। 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्