Kathmandu Press

सभामुख घिमिरेले संसदलाई गराए सांसद धवल शमशेर पक्राउको जानकारी

घिमिरेले प्रहरीबाट संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाए। 
सभामुख घिमिरेले संसदलाई गराए सांसद धवल शमशेर पक्राउको जानकारी

काठमाडौं, चैत १७ : सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसदलाई जानकारी गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले राणा पक्राउको सूचना दिएका हुन्। 

घिमिरेले प्रहरीबाट संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाए। 

गत चैत १५ गते तीनकुनेमा राजावादीलाई  घटना घटाउन उक्साएको आरोपमा राप्रपा सांसद राणा पक्राउ परेका थिए। 
 
प्रकाशित मिति: १४:४६ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्