Kathmandu Press

समाजवादीको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले दिए कोइरालाप्रति श्रद्धाञ्जली 

प्रधानमन्त्री केपी ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर वरिष्ठ पत्रकार एवम् पूर्व राजदूत कमल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
समाजवादीको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले दिए कोइरालाप्रति श्रद्धाञ्जली 

काठमाडौं, चैत १८ : प्रधानमन्त्री केपी ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर वरिष्ठ पत्रकार एवम् पूर्व राजदूत कमल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेलगत्तै ओली आालोकनगर पुगेका हुन्। 

एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएपछि ओली पहिलोपटक माधव नेपाल अध्यक्ष रहेको पार्टी कार्यालयमा पुगेका हुन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले पूर्वराजदूत, कुटनीतिज्ञ, एवं वरिष्ठ पत्रकार कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिए। 

ओलीले चैत १५ गते राजावादीले जलाएको पार्टी कार्यालयको पनि निरीक्षण गरे। एकीकृत समाजवादी एमालेबाट विभाजन भई नेकपा (एस) बनेपछि ओली रुष्ट थिए। 
 

प्रकाशित मिति: १४:३८ बजे, सोमबार, चैत १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्