Kathmandu Press

पूर्वराजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, रेडर्डकबाट हटाउन माग

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।
पूर्वराजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, रेडर्डकबाट हटाउन माग

काठमाडौं, चैत १८ : राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।

‘सम्मानिय प्रधानमन्त्रीज्युले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को यहाँ होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसदको रेर्कडबाट हटाइयोस्,’ उनले भने, ‘एयरोपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो, संसदको नियमावलीकाके नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो  रेकर्डबाट हटाइयोस्।’ 

उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका थिए।
 
प्रकाशित मिति: १२:३७ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्