Kathmandu Press

कोरोना कहर : विश्वभर झण्डै २ लाख ४० हजारको मृत्यु 

काठमाडौं, वैशाख २० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।
४ महिना अगाड....

कोरोना कहर : विश्वभर झण्डै २ लाख ४० हजारको मृत्यु 
Hardik ivf

काठमाडौं, वैशाख २० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।
४ महिना अगाडीदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । यो समाचार तयार पार्दासम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ ।पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति: ०६:५४ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्