Kathmandu Press

विश्वकप फुटबलका ब्रान्ड एम्बासडरलाई कोरोना 

काठमाडौं, वैशाख १९ : सन् २०२२ मा कतारमा आयोनजा हुने विश्वकप फुटबलका ब्रान्ड एम्बासडर आदिल खामिसलाई कोरोना संक्रमण भएको छ। केही सयमदेखि अस्वस्थ रहेका उ....

विश्वकप फुटबलका ब्रान्ड एम्बासडरलाई कोरोना 

काठमाडौं, वैशाख १९ : सन् २०२२ मा कतारमा आयोनजा हुने विश्वकप फुटबलका ब्रान्ड एम्बासडर आदिल खामिसलाई कोरोना संक्रमण भएको छ। केही सयमदेखि अस्वस्थ रहेका उनको परीक्षण गर्दा कोरोना पुष्टी भएको हो।

आदिलमा कोरोना संक्रमण पाइएपछि उनलाई स्वास्थ्यकर्मीहरुको कडा निगरानीमा राखिएको विश्वकप आयोजक समितिले जनाएको छ। आदिल करतारका पूर्वराष्ट्रिय खेलाडी समेत हुन्। 

५८ वर्षीय डिफेन्डर आदिलले सन् १९८४ देखि सन् २००० सम्म राष्ट्रिय टिमबाट खेलेका थिए। त्यसैबीच उनले ५८ खेल खेल्दै १८ गोल गरेका थिए। 

यसअघि विश्वकपका लागि भौतिकपूर्वाधार निर्माणमा खटिएका ८ जना कर्मचारीमा समेत कोरोनाको संक्रमण देखिएको थियो। कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि विशेष सुरक्षा अपनाउँदै कतारले विश्वकपको तयारीलाई जारी राखेको छ।

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्