Kathmandu Press

रोस टेलर बने वर्षका सर्वोत्कृष्ट क्रिकेटर

काठमाडौं, वैशाख १९ : न्युजिल्यान्डको वर्तमान टिमका सबैभन्दा अनुभवी ब्याट्सम्यान रोस टेलर वर्षको सर्वोत्कृष्ट क्रिकेटर बनेका छन्।

सन् २०१९ मा....

रोस टेलर बने वर्षका सर्वोत्कृष्ट क्रिकेटर

काठमाडौं, वैशाख १९ : न्युजिल्यान्डको वर्तमान टिमका सबैभन्दा अनुभवी ब्याट्सम्यान रोस टेलर वर्षको सर्वोत्कृष्ट क्रिकेटर बनेका छन्।

सन् २०१९ मा क्रिकेटका तीन वटै फम्र्याटमा उत्कृष्ट प्रदर्शन गरेका टेलरलाई शुक्रबार न्युजिल्यान्ड क्रिकेट बोर्डले ‘रिचर्ड हेड्ली’ पदक दिने निर्णय गरेको हो। ‘रिचर्ड हेड्ली’ पदक हरेक वर्ष उत्कृष्ट क्रिकेटरलाई दिने गरिन्छ। टेलरले यो पदक तेस्रो पटक जितेका हुन्। अघिल्लो वर्ष यो अवार्ड फास्ट बलर ट्रेन्ट बोल्टले जितेका थिए। 

अघिल्लो वर्ष उत्कृष्ट फर्ममा रहेका टेलरले तीनवटै फम्र्याटमा गरी १३८९ रन बनाएका थिए। सन् २०१९ मै उनी तीन वटै फम्र्याटमा १ सय खेल खेल्ने पहिलो क्रिकेटर बनेका थिए भने टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने न्युजिल्यान्डका खेलाडी पनि बनेका थिए। इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपमा न्युजिल्यान्डलाई अप्रत्यासित रुपमा फाइलनसम्मको यात्रा तय गराउन टेलरको भूमिका महत्वपूर्ण थियो। 

न्युजिल्यानडका महान क्रिकेटर हेड्लीले टेलरलाई भिडियो सन्देश मार्फत बधाई दिएका छन्। उनले भनेका छन्, ‘मैले तिमीलाई सन् २००६ खेलिरहेको देखेको छु। जब तिमीले पहिलो वानडे र टेस्ट म्याच खेलेका थियौं, त्यतिखेर म खेलाडी छनोट समितिमा थिएँ। तिमी उत्कृष्ट खेलाडी हौं, तिमीले क्रिकेटमा बनाएका रेकर्ड सानदार छन्। न्युजिल्यान्डको क्रिकेटमा मात्र होइन, विश्व क्रिकेटमै तिमीले दिएको योगदानका लागि म आभार व्यक्त गर्न चाहन्छु।’

पुरस्कार प्राप्त गरेपछि टेलरले भनेका छन्, ‘अघिल्लो वर्ष उतारचढाव पूर्ण रह्यो। विश्वकप फाइलनसम्म पुग्यौं, तर फेरि उपाधि उचाल्नबाट चुक्यौं। बक्सिङ डे टेस्ट म्याचको हिस्सा बन्न पाएँ र त्यहाँ घरेलु दर्शकको समर्थन म कहिल्यै भुल्न सक्दिनँ।’ 

टेलरले न्युजिल्यान्डका लागि १०१ टेस्ट, २३२ एक दिवसीय र १ सय टि–२० खेल खेलेका छन्। जसमा उनले टेस्टमा १९ शतक र ३३ अर्धशतक मद्दतमा ७ हजार २३८ रन बनाएका छन् भने एक दिवसीयमा २१ शतक र ५१ अर्धशतक प्रहार गर्दै ८ हजार ५७४ तथा टि–२० मा  ७ अर्धशतक प्रहार गर्दै १ हजार ९०९ रन बनाएका छन्। 

३६ वर्षीय टेलरले सन् २०२३ मा हुने एक दिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सन्न्यास लिने योजना बनाएका छन्।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्