Kathmandu Press

रुसका प्रधानमन्त्रीलाई पनि कोरोनाको संक्रमण

काठमाडौं, वैशाख १९ :रुसका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना संक्रमणको पुष्टि भएपनि उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्....

रुसका प्रधानमन्त्रीलाई पनि कोरोनाको संक्रमण
एजेन्सी

काठमाडौं, वैशाख १९ :रुसका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना संक्रमणको पुष्टि भएपनि उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

केही दिनयता रुसमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। एकै दिन सात हजार ९९ जनाका कोरोना देखिएकै दिन रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको हो।

उनी चार महीना अघि अर्थात जनवरीमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी कोरोनाको महामारी नियन्त्रणका लागि खटिइरहेका थिए।

Hardik ivf

प्रधानमन्त्री मिखाइलले आफूलाई कोरोना संक्रमण भएको राष्ट्रपति भ्लाद्मिर पुटिनलाई जानकारी दिएको भिडियो रुसी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्। राष्ट्रपति पुटिन आफ्नै कार्यकक्षमा बसेर भिडियो कुराकानी गरिरहेको देखाइएको छ।

रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिन।

राष्ट्रपतिसँगको भिडियो कलमा प्रधानमन्त्री मिखाइलले भनेका छन, मलाई कोरोना संक्रमण भएको भरखरै थाहा पाए।

राष्ट्रपति पुटिनले पनि उनलाई स्वास्थ्यको ख्याल राख्न सुझाएका छन्। कोरोनासँग लड्न अहिलेसम्म गरेको कामका लागि राष्ट्रपति पुटिनले धन्यवाद दिएका छन्।

प्रधानमन्त्री मिखाइल अहिले आइसोलेसनमा रहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। रुसमा कोरोना देखिएका प्रधानमन्त्री मिखाइल सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन।

उनको अनुपस्थितिमा उपप्रधानमन्त्री एन्ड्रे बिलोसोभलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री मिखाइलले नै गरेको प्रस्तावलाई राष्ट्रपति पुटिनले सहमति जनाएका थिए।

रुसमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अहिलेसम्म एक लाख ६ हजार चार सय ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये एक हजार ७३ जनाको मृत्यु भएको छ।

रुसमा संक्रमितको संख्या बढेपछि स्वास्थ्य सामग्रीको अभाव भएको जनाएको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि पर्याप्त पीपीई नभएको सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्