Kathmandu Press

सर्वदलीय सरकारबारे कुनै छलफल अघि नबढेको कांग्रसको भनाइ

सत्तारूढ दल नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।
सर्वदलीय सरकारबारे कुनै छलफल अघि नबढेको कांग्रसको भनाइ

काठमाडौं, चैत ५ : सत्तारुढ दल नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।

Hardik ivf

प्रवक्ता डा.महतले भने, ‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन। त्यस्तो कुरा उठेको पनि छैन।’ 
उनले नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरूसत्तामा आउनेबारे कुनै छलफल नभएको उनले बताए।

बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा राजावादीहरूले निकालेको जुलुसबारे गृहमन्त्री रमेश लेखकले कांग्रेसको छलफलमा ‘ब्रिफिङ’ गरेका छन् । 

सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले ब्रिफिङ गरेका हुन्।

राजावादीहरूले निकालेको जुलुसबारे बैठकका ब्रिफिङ गर्नेक्रममा लेखकले जुलुसको बिषयमा पार्टी नेताहरूलाई जानकारी गराएका हुन्।

गृहमन्त्री लेखकले समसामयिक राजनीतिका बिषयमा पनि ब्रिफिङ गरेका थिए। 

 

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्