आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने चलन छ ।
काठमाडौँ, असोज २८ : बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ ।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने चलन छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार