Kathmandu Press

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप [भिडियो]

'चुनाव ७ बजेसम्म स्थगित भएको छ। के गर्ने भन्ने विषयमा छलफलमा छौं,' स्ववियु सभापति विष्टले भने। 
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप [भिडियो]

काठमाडौं, चैत ६ : पाटन संयुक्त क्याम्पसमा झडप भएको छ।

मंगलबार बिहान मतदानका क्रममा विवाद भएपछि दिउँसो झडप भएको हो। सो क्याम्पसमा बिहान ९ बजेदेखि मतदान सुरू भएको थियो।

करिब ११९ मत खसेपछि मत खसेपछि विवाद सुरू भएको थियो।

Hardik ivf

विवाद बढ्दै गएर चुनावै बिथोल्ने प्रयास भएपछि नेविसंघले मतदान निरन्तर हुनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो।

क्याम्पसका स्ववियु सभापति सुशिल विष्टका अनुसार प्रदर्शनकै क्रममा क्याम्पसभन्दा बाहिरका मानिसहरू आएर आक्रमण गरेका थिए।

'चुनाव ७ बजेसम्म स्थगित भएको छ। के गर्ने भन्ने विषयमा छलफलमा छौं,' स्ववियु सभापति विष्टले भने। 

पाटन क्याम्पसका नेविसंघ नेता सुवास पोखरेलका अनुसार चुनाव विथोल्ने प्रयास रोक्नका लागि नेविसंघले दबाबस्वरूप नाराबाजी गरेको थियो।

'त्यसपछि क्याम्पसबाहिरका मानिसहरू आएर हामीमाथि बोतल फ्याँक्ने गर्न थाले। हामीले त्यस्तो नगर्न आग्रह गर्दै पुनः प्रदर्शनमै जुट्यौं। पछि एकजना व्यक्तिले हाम्रो समूहमा रहेका विद्यार्थीमाथि प्रहार गर्‍यो। त्यसपछि झडप भयो,' उनले भने।

झडपमा परी नेविसंघका आबद्ध पाटन क्याम्पसमा अध्ययनरत विद्यार्थी जेनिश शाह घाइते भएका छन्। उनको टाउकामा  चोट लागेको छ। अन्य पनि सामान्य घाइते भएका छन्।

झडप भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए।

भिडियो:

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्