‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाँउसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन्।-(79)-1742301373.jpg)
काठमाडौं, चैत ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन्।
मंगलबार २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ।
‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ। यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धी हो। जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहाको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ,’ उनले भने, ‘आज यहीमाथि केही मानिसहरुले प्रश्न उठाउने प्रयास र दुश्साहस गरेका छन्। पहिलेका राजा महाराजाहरु जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता नगरौं त्यसो भयो भने त्यसले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ।’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाँउसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन्।
उनले आज सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रुपमा पनि एउटा बिन्दुमा पु¥याउनु पर्ने भन्दै त्यसको लागि आफ्नो ठाँउबाट खेल्ने भूमिका इमान्दारिताका साथ निभाउने बताए ।












