‘गणतन्त्रमा पूर्व राजा ज्ञानेन्द्रले भिलेनको भूमिका खेले’
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि अर्को मुर्खता नगर्न चेतावनी पनि दिँदै अध्यक्ष दाहालले अन्यथा ठूलो मूल्य चुकाउनुपर्ने बताए।
काठमाडौं, चैत ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्रमा भिलेनको भूमिका खेलेको बताएका छन्।
काठमाडौँमा मंगलबार आयोजित २७ औं सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन्।
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि अर्को मुर्खता नगर्न चेतावनी पनि दिँदै अध्यक्ष दाहालले अन्यथा ठूलो मूल्य चुकाउनुपर्ने बताए। उनले पूर्वराजा ज्ञानेन्द्रलाई संयमित भएर बस्न पनि आग्रह गरे।
‘गणतन्त्र स्थापनाको गर्न भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ। अहिले पनि नेपाली जनतालाई जागरुक हुन एउटा आधार तयार पारिदिएकोमा उनको भूमिका महत्वपूर्ण हुन्छ,’ दाहालले भने, ‘कथा फिलिम हिरोले मात्रै चल्दैन । भिलेन पनि चाहिन्छ । उनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अहिले भइरहेको यही हो ’












