मोरङको धनपालथाल गाउँपालिकामा भीषण आगलागी, दुई बालबालिकाको मृत्यु
आगलागीमा परी मृत्यु हुनेमा एक बालक र एक बालिका रहेको प्रहरीले जनाएको छ। मृतकको थप विवरण भने प्राप्त हुन बाँकी छ।
मोरङ, चैत ५ : मोरङको धनपालथाल गाउँपालिकामा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
धनपालथान–६ कदमाहामा आगलागीमा परेर ८ घर जलेका छन्।
आगलागीमा परी मृत्यु हुनेमा एक बालक र एक बालिका रहेको प्रहरीले जनाएको छ। मृतकको थप विवरण भने प्राप्त हुन बाँकी छ।
अहिले प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि स्थानिय र प्रहरीले प्रयास गरिरहेका छन्।
दमकलसँगै प्रहरी, नेपाली सेना र स्थानीय आगो निभाउन खटिएका छन्।
प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार