Kathmandu Press

सुन तस्करीमा ५वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए 

३९ वर्षीय लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो । लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए। 
सुन तस्करीमा ५वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए 

काठमाडौं, चैत ५ : मंगलबार बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ।

३९ वर्षीय लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो । लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए। 

Hardik ivf

प्रहरीका अनुसार उनी ७ किलो सुनसहित कलंकीबाट समातिएका थिए। त्यसपछि २०७८ सालमा छुटेका थिए। 

बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर २५ करोड रकमसहित केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको छ। प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्