कोभिड १९ अपडेट : ३३ लाख वढी संक्रमित, २ लाख ३४ हजारको मृत्यु
काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारी रप लिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ३३ लाख ३० हजार बढी पुगेको छ भने मृतकको संख्या २ लाख ....

काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारी रप लिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ३३ लाख ३० हजार बढी पुगेको छ भने मृतकको संख्या २ लाख ३४ हजार वढीको मृत्यु भएको छ ।
१० लाख ३९ हजार ५५ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी अमेरिकामा १० लाख ९४ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ । स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु र २ लाख ३९ हजार बढी संक्रमित छन् । इटालीमा कोरोनाका कारण २७ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख ५ हजार बढी संक्रमित भएका छन् ।
यस्तै बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु र १ लाख ७१ हजार बढी संक्रमित छन् । उता फ्रान्समा १ लाख ६७ हजार बढी संक्रमित हुंदा २४ हजार ३ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ । यता चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छैन ।
त्यहाँ ८२ हजार ८ सय बढी संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको असर बढ्दै गएको छ । त्यहां एकैदिन १८ सय नयाँ संक्रमित थपिएका छन् ।
कोरोना कारण भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ र संक्रमितको संख्या ३४ हजार ८ सय ६२ पुगेको छ ।












