रुसी प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौं, वैशाख १९ : रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पतालमा भर्....

काठमाडौं, वैशाख १९ : रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












