Kathmandu Press

ईपीएलमा लिभरपुललाई १६ अङ्कको अग्रता

आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए ।
ईपीएलमा लिभरपुललाई १६ अङ्कको अग्रता

काठमाडौं, फागुन २५ : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएको छ ।

आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए ।

Hardik ivf

यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अङ्क जोड्दा आर्सनलको २७ खेलमा ५४ अङ्क छ ।

यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । 

यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १र१ गोलको बरावरी खेलेका छन् ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्