Kathmandu Press

नौमती घन्काउँदै सिर्जनशील महिला समूह– पहिले हेपिए, अहिले तारिफ कमाउँदै 

‘दलित जातिले मात्र बजाउने बाजा भनेर भनियो, समाजको मानसिकताका कारण हामीले सुरुमा तिरस्कार पनि  भोग्यौं,’ बालकुमारीले दुखेसो पोखिन्।
नौमती घन्काउँदै सिर्जनशील महिला समूह– पहिले हेपिए, अहिले तारिफ कमाउँदै 

विगत पाँच वर्षदेखि ‘सिर्जनशील महिला नौमती बाजा समूह’ सक्रिय छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन्। समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थाका कार्यक्रम तथा विवाह सामरोहमा बाजा बजाउँछन्। 

महिलाले पुरुषझैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि आफूहरूले महिलाहरूको मात्रै ‘सिर्जनशील नौमती बाजा समूह’ कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको समूहकी अध्यक्ष बालकुमारी भुसाल बताउँछिन्।

‘पञ्चेबाजा बजाउन थालेको ६ वर्ष पुग्न लाग्यो। जातिगत रुपले पनि समूहलाई समावेशी बनाएका छौं,’ उनी भन्छिन्। माग भयो भने नेपालभर नै बाजा बजाउन पुग्ने गरेको उनी सुनाउँछिन्। 

Hardik ivf

सुरुवातमासमाजबाट धेरै अपहेलना खेप्नु परेको उनी सुनाउँछिन्। ‘दलित जातिले मात्र बजाउने बाजा भनेर भनियो, समाजको मानसिकताका कारण हामीले सुरुमा तिरस्कार पनि  भोग्यौं,’ बालकुमारीले दुखेसो पोखिन्।

Photo-(12)-(11)-1741424325.jpg

परम्परागत मानसिकतालाई परिवर्तन गर्न महिला बाजा समूह स्थापना गरेकाले आफूहरु हतास भएको उनी सुनाउँछिन्।

‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातीय हिसाबले हेरियो। समाज मात्र नभइ स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो। तल्लो जातको काम भनेर हेप्ने काम भयो। समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन् । हामी आफैंबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं,’ समाज परिवर्तनको अभियानमा आफ्नो दृढता उनले सुनाइन्। यति भनिरहँदा उनी केही निशास थिइन्, उनको अनुहारमा त्यो प्रष्ट देखिन्थ्यो।

समूहकी अध्यक्ष बालकुमारी भुसाल
समूहकी अध्यक्ष बालकुमारी भुसाल ।

सिर्जनशिल महिला नौमती बाजा समूहमा समावेशीतालाई विशेष ध्यान बताउँदै उनले समूहमा बाहुन, क्षेत्री, गुरुङ, मगर तामाङ सबै जातको महिलाहरू सुनाइन्। 

‘बाहुनले बाजा बजाउन हुँदैन भन्ने मानसिकतालाई चिर्ने काम गरेका छौं। त्यसैले हामीले समूह समावेशी बनाएका हौं,’ उनी भन्छिन्, ‘स्थानीय सरकारले समेत महिलाहरुले गर्न सक्दैनन् भन्ने र बजेट पचाउने काम मात्र गर्यो भनियो। तर हामीसाहस बटुलेर प्रधानमन्त्रीदेखि मन्त्रीहरुको क्वाटरसम्म गएर बजाउने काम गरिरहेका छौं।’

केही समयअघि मनिल देखिएको अनुहारका चमक देखियो। 

सुरु सुरुमा महिला भएकै कारण घर परिवारबाट पनि सपोर्ट नपाए पनि अहिले त्यस्तो नभएको उनी बताउँछिन्। उनी भन्छिन्,‘अहिले समय परिवर्तनसँगै घर परिवारका सदस्यसको मानसिकतामा पनि परिवर्तन आएको छ। त्यसले पहिलाभन्दा सहज भएको छ।’

Photo-(10)-(11)-1741424323.jpg

विवाहको लगन भएको समयमा यो समूह निकै व्यस्त हुन्छ। यस्तो समयमा २–३ महिना अघिदेखि नै बुकिङ हुने गरेको छ।

‘लगनमा भ्याई नभ्याई हुन्छ। बैशाखका लागि अहिले नै बुकिङ भइसकेको छ। इो हामी प्रतिको माया नै हो,’ खुशी हुँदै उनले भनिन्।

फाइभ स्टार होटलमा गएर जाँडरक्सी खाएर नारी दिवस मनाउने गतल प्रचलन रहेको भन्दै उनले आफूहरुले सडकमा बाजा बजाएर नारी दिवस मनाउने सोच रहेको सुनाइन्। -नेपाल न्युज बैंक

Photo-(5)-(31)-1741424325.jpg

Photo-(1)-(74)-1741424321.jpg


 

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्