Kathmandu Press

चारदशीय महिला सिरिजमा नेपालले नामिबियासँग खेल्दै

नेपाल र नामिबियाबीचको यो खेल नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ। 
चारदशीय महिला सिरिजमा नेपालले नामिबियासँग खेल्दै

काठमाडाैं, फागुन २४ :  युगान्डामा आजबाट सुरु हुने चारदेशीय महिला टि–२० सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ। 

‘वुमन्स डे कप’ नाम दिइएको सिरिजमा आयोजक युगान्डा, नेपाल, हङकङ र नामिबिया सम्मिलित छन्। सिरिजको उद्घाटन खेलमा भने युगान्डा र हङकङ खेल्ने छन्।

नेपाल र नामिबियाबीचको यो खेल नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ। 

नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो। अन्य तीन  टोलीसँग भने नेपालले खेलिसकेको छ।

केही साता प्रशिक्षण गरेर नेपाली टिम बिहीबार युगान्डा पुगेको थियो। नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण छ। नेपालले यो सिरिजलाई प्रदर्शन सुधार गर्ने र आसन्न टि–२० विश्वकपको छनोटको तयारीका रुपमा लिएको छ।

आईसिसी वरियतामा नामिबया नेपालभन्दा माथि छ। नेपाल २१औं स्थानम छ भने नामिबिया १७औं स्थानमा छ।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजका नेपालले फागुन २५ गते युगान्डा, २६ गते हङकङ, फागुन २८ गते नामिबिया, २९ गते युगान्डा र ३० गते हङकङसँग खल्ने छ। 

नेपाली टिम ः इन्दु बर्मा, रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

प्रकाशित मिति: १३:५९ बजे, शनिबार, फागुन २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्