Kathmandu Press

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा 

यो सँगै न्युजिल्यान्डले उपाधि भीडन्तमा भारतसँगको भेट पक्का गरेको छ। भारत अस्ट्रेलियालाई हराउँदै यसअघि नै फाइनल पुगेको थियो। फाइलन दुबईमा आगामी आइतबार हुनेछ।
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा 

काठमाडौं, फागुन २२ : न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बुधबार पाकिस्तानको लाहोरमा भएको खेलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ।

यो सँगै न्युजिल्यान्डले उपाधि भीडन्तमा भारतसँगको भेट पक्का गरेको छ। भारत अस्ट्रेलियालाई हराउँदै यसअघि नै फाइनल पुगेको थियो। फाइलन दुबईमा आगामी आइतबार हुनेछ।

लाहोरमा ३६३ रनको ठूलो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ३१२ रन मात्र बनाउन सक्योा। उसका डेविड मिलरले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ६७ बलमा १० चौका र ४ छक्का मद्दतमा नटआउट १०० रन बनाए। 

उनी बाहेक रसी भान डेर डुसासनले ६६ बलमा ६९ रन बनाउँदा कप्तान टेम्बा बावुमाले ७१ बलमा ५६ रन बनाए। अन्यले गतिलो योगदान दिन सकेनन्। 

बलिङमा न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले ३ विकेट लिए भने म्याट हेनरी र ग्लेन फिलिप्सले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले रचिन रविन्द्र र केल विलियम्सनको शतक मद्दतमा ६ विकेटको क्षतिमा ३६२ रन बनाएको थियो। रविन्द्रले १०१ बलमा १३ चौका र १ छक्का मद्दतमा १०८ रन बनाउँदा विलियम्सनले ९४ बलमा १० चौका र २ छक्का मद्दतमा १०२ रन बनाए। 

यी दुईले दोस्रो विकेटका लागि १६४ रनको उत्कृष्ट साझेदारी गर्दै न्युजिल्यान्डलाई बलियो अवस्थामा लगेका थिए। यी दुई बाहेक ग्लेन फिलिप्सले २७ बलमा ६ चौका र १ छक्का मद्दता ४९ र डार्यल मिचेलले ३७ बलमा ४ चौका र १ छक्का मद्दतमा ४९ रन नै बनाए।

बलिङमा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले ३ तथा कागिसो रबाडाले २ विकेट लिए।

प्रकाशित मिति: १०:०० बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्