केपी ओली कप : उपाधिमा मछिन्द्रको ह्याट्रिक, आर्मी २–०ले पराजित
सोमबार साँझ दशरग रंगशालामा भएको तेस्रो संस्करणको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–०ले हराउँदै मछिन्द्रले केपी ओली कपको तीनै संस्करणको उपाधिमा आफ्नो नाम लेखाएको हो।
काठमाडाैं, फागुन १९ : केपी ओली कप फुटबलको उपाधिमा मछिन्द्र क्लबले ह्याट्रिक गरेको छ।
सोमबार साँझ दशरग रंगशालामा भएको तेस्रो संस्करणको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–०ले हराउँदै मछिन्द्रले केपी ओली कपको तीनै संस्करणको उपाधिमा आफ्नो नाम लेखाएको हो।
भरिभराउ दर्शकमाझ दशरथ रंगशालामा भएको फाइलनमा मच्छिन्द्रका लागि स्टेफेन जमाह जालेले गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। खेलका दुवै हाफमा समान १ गोल भएको थियो।
२९औं मिनेटमा आत्मघाती गोलमा मच्छिन्द्रले अग्रता लियो। क्रस क्लियर गर्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नै पोस्टमा गोल गरेका थिए।
७२औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो। उसका लागि जमहा जालेले गोल गरेका थिए। उनले युसुफ मलिकको क्रसमा पोस्ट नजिकैबाट ट्यापइनमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नुहँदा मछिन्द्र विजयी भयो।
खेलमा आर्मीले पनि गोल केही राम्रा अवसर सिर्जना गरेको थियो। तर, ती अवसरलाई गोल भने परिणत गर्न सकेन।
मछिन्द्रले केपी ओली कपका असअघिका दुवै संस्करणको उपाधि जितेको थियो। घरेलु नकआउट फुटबल प्रतियोगिताको लगातार तेस्रो पटक उपाधि जितेको यो सम्भवतः पहिलो पटक हो।
सोमबार दशरथ रंगशालामा भएको मछिन्द्र र आर्मीबीचको फाइनल विशेष रह्यो। इटालीका विश्वकप विजेता लेजेन्ड गोलपिकर जियानलुजी बुफोन खेल हेर्न दशरथ रंगशालामा पुगेकाले यो खेल विशेष थियो।
बुफोनको उपस्थितिकै कारण पनि सोमबार दशरथ रंगशाला भरिभराउ बनेको हो। आयोजक युवा संघ नेपालले ४७ वर्षीय बुफोनलाई फाइलनको प्रमुख अतिथिका रुपमा नेपाल ल्याएको हो।












