Kathmandu Press

कोरोना नलाग्ने भन्दै विषाक्त रक्सी सेवन गर्दा इरानमा सात सयभन्दा बढीको मृत्यु

इरान, वैशाख १७ : विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा सात सय जना भन्दा बढीको मृत्यु भएको छ। 

रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबा....

कोरोना नलाग्ने भन्दै विषाक्त रक्सी सेवन गर्दा इरानमा सात सयभन्दा बढीको मृत्यु

इरान, वैशाख १७ : विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा सात सय जना भन्दा बढीको मृत्यु भएको छ। 

रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेका मानिसको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो। 

अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए। 

इरान कोरोना भाइरसको संक्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ।

इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन्। यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको जनाइएको छ।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्