Kathmandu Press

प्रधानमन्त्री ओली र अन्तर्राष्ट्रिय फुटबलर बुफोनबीच भेटवार्ता

सन् २००६मा इटालीबाट विश्वकप जितेक बुफोनले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 
प्रधानमन्त्री ओली र अन्तर्राष्ट्रिय फुटबलर बुफोनबीच भेटवार्ता

काठमाडौं, फागुन १९ : नेपाल भ्रमणमा रहेका इटलीका लेजेन्ड गोलकिपर जियानलुजी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।

सन् २००६मा इटालीबाट विश्वकप जितेक बुफोनले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 

Hardik ivf

४७ वर्षीय बुफोन काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको समापान समारोहको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्न आइबार दिउँसो नेपाल आएका हुन्।

भेटका अवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थियो।

केपी ओली कपको फाइनल आजै अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जसमा उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने छन्। 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्