Kathmandu Press

समस्यामा परेका फुटबलकर्मीलाई एन्फाले सहयोग गर्ने

काठमाडौं, वैशाख १७ : लकडाउनकाे कारण समस्या परेका खेलाडी तथा अन्य पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ। कोरोनाका कारण....

समस्यामा परेका फुटबलकर्मीलाई एन्फाले सहयोग गर्ने

काठमाडौं, वैशाख १७ : लकडाउनकाे कारण समस्या परेका खेलाडी तथा अन्य पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ। कोरोनाका कारण सम्पूर्ण फुटबल गतिविधि ठप्प भएपछि संघमा आबद्ध फुटबलकर्मीलाई सहयोग गर्ने एन्फाले निर्णय गरेको हो। 

फिफाले समस्यामा परेका फुटबलकर्मीलाई सहयोग गर्न निर्देशन दिएपछि एन्फाले यस्तो निर्णय गरेको हो। बुधबार बसेको एन्फाको डिजिटल मिटिङले फुटबलकर्मीलाई सहयोग गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए। फिफाको मापदण्ड अनुसार नै सहयोग उपलब्ध गराइने उनले बताए।

एन्फाले समस्यामा परेका जिल्ला फुटबल संघ, क, ख, ग श्रेणीका क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक र महिला संघका सदस्यहरु सहयोग गर्ने छ। समस्यामा परेका फुटबलकर्मीहरुको नाम संकलनका लागि एन्फाले बुधबार नै रत्नकुमार श्रेष्ठको संयोजकत्वमा राहत तथा समन्वयन कमिटि पनि गठन गरेको छ। जसमा उत्तरकुमार भण्डारी र रुपेश अधिकारी सदस्य छन्।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्