Kathmandu Press

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डमाथि भारतको सानसदार जित, सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने

योसँगै भारत समूम एबाट शतप्रशित नतिजासहित विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्ड पनि उपपिवजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई प्रतिद्वान्दीका रुपमा पाएको छ। अर्को सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भीड्ने छन्।
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डमाथि भारतको सानसदार जित, सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने

काठमाडौं, फागुन १९ : जारी च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारत विजयी भएको छ। आइतबार दुबईमा भएको खेलमा भारतले न्युजिल्यान्डमाथि ४४ रनको सानदार जित निकाल्यो। 

योसँगै भारत समूम एबाट शतप्रशित नतिजासहित विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्ड पनि उपपिवजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई प्रतिद्वान्दीका रुपमा पाएको छ। अर्को सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भीड्ने छन्।

Hardik ivf

भारतले न्युजिल्यान्डलाई हराएसँगै न्युजिल्यान्डसँगै दक्षिण अफ्रिका सेमिफाइनलका लागि पाकिस्तान फर्कने छन्। सेमिफाइनलको प्रतिद्वन्दीको टुंगो नलाग्दा अस्ट्रेलिया र दक्षिण अफ्रिका दुवै पाकिस्तानबाट दुबई पुगेका थिए।

भारतले दिएको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५.३ ओभरमा २०५ रनमै अलआउट भयो। उसका लागि केन विलियम्सनले सर्वाधिक ८१ रन बनाए। उनले १३० बलमा ७ चौका प्रहार गरे। उनीबाहेक कप्तान मिचेल सान्टनरले २८ र विल योङले २२ रन बनाउनु बाहेक अन्य भने सस्तैमा पभेलियन फर्किए।

न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका वरुण चक्रवर्तीले ५ विकेट लिए। च्याम्पियन्स ट्रफीमा डेब्यू गरिरहेका उनले १० ओभरमा ४२ रन मात्र खर्चिए। यस्तै, कुलदीप यादवले २ विकेट लिँदा हार्दिक पाण्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए। भारतका लागि ४५आभेरमध्ये ८ ओभर मात्र फास्ट बलरले गरेका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले खराब सुरूआतका बाबजुद ९ विकेटको क्षतिमा २४९ रन बनाएको थियो। भारतका लागि श्रेयस ऐयरले ९८ बलमा ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७९ रन बनाउँदा हार्दिकले ४५ बलमा ४५ र अक्षर पटेलले ६३ बलमा ४२ रन बनाए। 

३०/३को खराब अवस्थाबाट श्रेयस र अक्षरले चौथो विकेटका लागि ९८ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए। बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ तथा कायल जेमिन्सन, विल ओरोकी, मिचेल सान्टनर र रचिन रविन्द्रले समान १ विकेट लिए। 

प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्