Kathmandu Press

बुफोन भन्छन्– नेपालले पनि विश्वकप खेलेको हेर्ने चाहाना छ

सन् २००६मा इटालीलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका ४७ वर्षीय बुफोनले नेपालले विश्वकप खेलेको हेर्न चाहेको बताउँदै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए।
बुफोन भन्छन्– नेपालले पनि विश्वकप खेलेको हेर्ने चाहाना छ

काठमाडौं, फागुन १८ : विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियानलुजी बुफोन अहिले नेपालमा छन्। जारी केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्न उनी आइतबार दिउँसो नेपाल आएका हुन्।

काठमाडौंमा अवतरण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बुफोनले नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्न चाहेको बताए। 

Hardik ivf

सन् २००६मा इटालीलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका ४७ वर्षीय बुफोनले नेपालले विश्वकप खेलेको हेर्न चाहेको बताउँदै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए।
 
‘म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ,’ ११ सयभन्ढी व्यवसायिक खेल खेलेका बुफोनले भने।

इटालियन क्लब पार्माबाट १९९५ मा फुटबल करिअरको सुरुआत गरेका उनले सन् २०२३मा पार्माबाटै करिअरको अन्त्य गरेका थिए। त्यसबीचमा उनले अर्को इटालियन क्लब युभेन्ट्स र फ्रेन्च क्लब पिएसजीबाट पनि खेलेका थिए।

कुराकानीकै क्रममा उनले फरक झण्डाले आफूलाई नेपालप्रति आकर्षित गरेको बताउँदै धेरै अघिदेखि नेपाल आउने चाहेको बताए। उनले नेपालको झण्डा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताए। नेपाल आएर आफ्नो सपना साकार भएको बताए । 

‘म युवा हुँदा नक्सा हेरेको थिए । नेपालको झण्डा देख्दा अनौठो लाग्यो। युनिक फ्ल्याग छ। यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ,’ उनले भने, ‘मेरो लागि यहाँ आउनु ‘ड्रिम कम ट्रयू’ हो। मलाई नेपाल पछि फेरी आएर यहाँको संस्कृति र मन्दिरहरू हेर्न मन छ । समय मिलाए फेरि आउने छु।’

साथै उनले केपी ओली कप कस्ले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताए। 
केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ। फाइनल मच्छिन्द्र क्लब र र त्रिभुवन आर्मी क्लब भीड्ने छ। बुफोनले सो खेल प्रमुख अतिथिका रुपमा हेर्दै नेपाली फुटबलको स्वाद लिने छन्।
 

प्रकाशित मिति: २०:२० बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्