Kathmandu Press

बुफोन आइतबार नेपाल आइपुग्ने

आयोजक राष्ट्रिय युवा संघ नेपालले २००६को विश्वकप विजेता गोलकिपर बुफोनलाई फाइनलको चिफ गेष्टको रुपमा नेपाल बोलाएको हो। 
बुफोन आइतबार नेपाल आइपुग्ने

काठमाडाैं, फागुन १६ : लिजेन्डरी इटालियन गोलकिपर जियानलुजी बुफोन आइतबार नेपाल आइपुग्ने भएका छन्। 

काठमाडौंमा जारी केपी ओली कप फुटबलको फाइलन हेर्न उनी आइतबार नेपाल आउने भएका हुन्। आयोजक राष्ट्रिय युवा संघ नेपालले २००६को विश्वकप विजेता गोलकिपर बुफोनलाई फाइनलको चिफ गेष्टको रुपमा नेपाल बोलाएको हो। 

Hardik ivf

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुँदैछ। 

४७ वर्षीय बुफोनले पनि भिडियो सन्देशमार्फत आफू नेपाल आउन लागेको जनाएका छन्। उनले केपी ओली कपको फाइनलको चिफ गेस्टका रुपमा नेपाल आउने बताएका छन्। 

‘नमस्ते सबैजनालाई। जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदछु। सबैलाई त्यहाँ भेटौँला,’ उनले भनेका छन्।

विश्व विजेता बुफोनले इटालीबाट कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले सन् १९९८ देखि २०१४ सम्मलगातार पाँच विश्वकप खेलेका थिए।

उनले फुटबल करिअर पार्माबाट सुरु गरेर सन् त्यहीँ अन्त्य गरेका थिए। उनले २८ वर्ष लामो फुटबल करिअर ४५ वर्षको उमेरमा सन् २०२३मा अन्त्य गरेका थिए। त्यसबीच उनले क्लब फुटबल युभेन्ट्स र पिएसजीबाट खेलेका थिए। अन्तर्राष्ट्रिय फुटबल भने उनले सन् २०१८मा छाडेका थिए।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्