भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो
नयाँदिल्ली, वैशाख १७ : भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
पछिल्ल....

नयाँदिल्ली, वैशाख १७ : भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक भारतमा ७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित भारतमा एक हजार ७ जनाको मृत्यु भएको छ।
भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन्।
मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन्। महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ।
दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ। यहाँ १८१ जनाको मृत्यु भएको छ। दिल्लीमा भने तीन हजार ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ। मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ।












