Kathmandu Press

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल: नेपालले सुन्दर मौका सदुपयोग गर्न सकेन, पहिलो हाफ गोलरहित बराबरीमा

३५औं मिनेटमा रेखा पौडेल र ४३औं मिनेटमा सावित्रा भण्डारीले मौका खेर फाल्दा नेपाले अग्रता लिने अवसर गुमाएको हो। 
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल: नेपालले सुन्दर मौका सदुपयोग गर्न सकेन, पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडाैं, फागुन १४ : जारी अन्तर्राष्ट्रिय महिला च्याम्पिनयसिपको फाइनलमा नेपाल र म्यानमारले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। 

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो। जस नेपालले गोलका २ सुन्दर अवसर सिर्जना गरेको थियो, तर नेपाली खेलाडीले फिनिसिङ टच दिन सकेनन्।

३५औं मिनेटमा रेखा पौडेल र ४३औं मिनेटमा सावित्रा भण्डारीले मौका खेर फाल्दा नेपाले अग्रता लिने अवसर गुमाएको हो। 

खेलमा म्यानमारले पनि केही अवसर सिर्जना गरेपनि खतरनाक अवसर भने थिएन।

नेपाली महिला टिम पहिलो उपाधिको खोजीमा छ। नेपाली टिम यसअघि खेलको १२ फाइलनमै पराजित भएको छ।

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, फागुन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्