म्यानमारविरूद्ध खेल्ने नेपाली टिममा दुई परिवर्तन, यस्तो छ प्लेइङ इलाभेन
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६ बजेदेखि दुई देशबीच उपाधि भीडन्त हुँदैछ।
काठमाडौं, फागुन १४ : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल केहीबेरमा हुँदैछ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६ बजेदेखि दुई देशबीच उपाधि भीडन्त हुँदैछ।
चार देश संलग्न प्रतियोगितामा दुवै टिम हालसम्म अपराजित छ।
दुवै टिमले लिग चरणमा लेबनान र कीर्गिस्तानविरूद्ध जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेका थिए।
लिगको एक अर्काविरूद्धको खेल भने २-२ को बराबरीमा सकिएको थियो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल १२ पटकसम्म फाइनल पुगेको नेपाल बाह्रै पटक उपाधिविहीन छ। आज खेल्न लागेको नेपालका लागि १३ औं फाइनल हो।
आज हुने फाइनल खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। फरवार्ड रश्मी कुमारी घिसिङको स्थानमा रेखा पौडेलले खेल्ने भएकी छिन्।
त्यस्तै गोलकिपर अन्जना राना मगरको स्थानमा नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले खेल्ने भएकी छिन्।
यस्तो छ प्लेइङ इलाभेनः
गोलकिपर -
एन्जिला तुम्बापो सुब्बा।
डिफेन्डर -
पूजा राना, गीता राना, बिमला बिक, समीक्षा घिमिरे।
मिडफिल्डर-
प्रीति राई, सरु लिम्बू, रेनुका नगरकोटी।
फरवार्ड -
सावित्रा भण्डारी साम्बा, सविता राना मगर, रेखा पौडेल।












