Kathmandu Press

बुन्डेस लिगा र पोर्चुगिज लिग रद्द हुन सक्ने

काठमाडौं, वैशाख १७ कोरोना भाइरसको त्रासका कारणा जर्मनीको शीर्ष डिभिजन बुन्डेस लिगा र पोर्चुगलको शीर्ष डिभिजन प्रिमियरा लिगा रद्द हुने खतरा बढेको छ। को....

बुन्डेस लिगा र पोर्चुगिज लिग रद्द हुन सक्ने

काठमाडौं, वैशाख १७ कोरोना भाइरसको त्रासका कारणा जर्मनीको शीर्ष डिभिजन बुन्डेस लिगा र पोर्चुगलको शीर्ष डिभिजन प्रिमियरा लिगा रद्द हुने खतरा बढेको छ। कोरोनाको त्रासका कारण अनिश्चितकालका लागि स्थगित दुवै लिग सुरु गर्नका लागि फुटबल संघले तयार रहेपनि उनीहरु सरकारको निर्णय पर्खिरहेका छन्। दुवै लिगका विषयमा १ साताभित्र निर्णय हुने बताइएको छ। 

जर्मन फुटबल संघ र लिग कमिटि फुटबल गराउने योजना छन्। तर, सरकारले फुटबल सुरु गर्न स्वीकृति भने दिइसकेको छैन। सरकारले क्लब फुटबलका भविष्यका बारेमा छलफल गरिरहेकाले आगामी साता लिग हुने नहुने टुंगो लाग्ने बताइएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले यसैसाता जर्मन फुटबलका बारेमा योजना सर्वाजनिक गर्ने बताइएको छ। 

जर्मनमा कोरोनाको संक्रमण देखिएपछि रोकिएको लिग फुटबल तत्काल सुरुगर्दा अझ जोखिम हुने भएकाले तत्काल फुटबल सुरु गर्न रोक लगाउने सम्भावना धेरै भएको बताइएको छ। भर्खरै फ्रान्स, बेल्जियम र नेदरल्यान्ड्सका लिगमा पनि रद्द गरिएकाले पनि बुन्डेस लिगा रद्द हुने खतरा बढेको हो। तर, लिग कमिटिले भने मे ९ बाट लिग सुरु गर्ने योजनामा छ र ऊ बन्द रगंशालामा भएपनि लिग गराउन चाहान्छ।

यता, पोर्चुगल फुटबल संघ (एफएपिएफ)ले लिग सुरु गर्ने बारे पर्ख र हेरको नीति अलम्बलन गर्ने बताएको छ। उसले जनस्वस्थ्य सेवा विभागको योजना अनुरुप मात्र अघि बढ्ने बताएको छ। जनस्वास्थ्य विभागले पोर्चुगिज फुटबलका विषयमा केही दिनै निर्णय गर्ने बताइएको छ, त्यही निर्णयले पोर्चुगिज लिगको भविष्य निर्धारण गर्ने छ।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्