Kathmandu Press

कोरोना संक्रमणबाट पूर्व फुटबलर पन्थीको अमेरिकामा निधन

काठमाडौं, वैशाख १७ : कोरोना भाइरस संक्रमणको कारण नेपाली पूर्व फुटबलर महेश पन्थीको निधन भएको छ। कोरोना संक्रमण भएपछि अमेरिकाको भर्जिनियामा उपचारका क्रम....

कोरोना संक्रमणबाट पूर्व फुटबलर पन्थीको अमेरिकामा निधन

काठमाडौं, वैशाख १७ : कोरोना भाइरस संक्रमणको कारण नेपाली पूर्व फुटबलर महेश पन्थीको निधन भएको छ। कोरोना संक्रमण भएपछि अमेरिकाको भर्जिनियामा उपचारका क्रममा पन्थीको निधन भएको हो।

फ्रेन्ड्स क्लबका सहिद स्मारक एक डिभिजन लिग खेलेको पन्थी निधनप्रति फ्रेन्ड्स क्लबले दुःख व्यक्त गरेको छ। फ्रेन्ड्स क्लबले आफ्नो फेसबुक पेजमार्फत् एक महान खेलाडी गुमाएको बताएको छ।

पन्थी एक दशकयता परिवारसहित भर्जिनियाको सेन्टरभिलमा बस्दै आएका थिए। उनको परिवारमा आमा, श्रीमती, एक छोरा र छोरी छन् । 

नेपालमा ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेपनि अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर, विदेशमा भने ५० जना नेपालीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १२:५० बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्